राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ।
‘स्वदेश’ बोलको गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको गीतमा संगीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समयदेखि अमेरिका बसेर नेपाली गीत संगीतमा सक्रिय नाम हो। फणिन्द्र राइको संगीत संयोजन रहेको गीतको भिडियोलाइ राज खड्काले निर्देशन गरेका हुन्।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन्। राज खड्का र ऋचा शर्माको अभिनय रहेको भिडियोमा स्वदेशमै बसेर केही गर्ने र विदेश नजाने कुराहरु गरिएको छ।
निर्देशक राजले आफ्नो मातृभूमिमा केही गरेर बस्ने युवाको कथालाई पर्दामा उतारेका छन्।
असार २, २०७६ सोमबार १३:२४
प्रतिक्रिया