बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आएकी छन्।
आफ्नो आइटम डान्स रहेको नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर र प्रचारका लागि उनी काठमाडौं आएकी हुन्। बिहीबार साँझ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कँदै गर्दा उनको शिरमा नेपाली झण्डा अंकित भादगाउँले टोपी थियो।
टोपीमा सजिएकी सन्नीलाई देख्नेहरु भने दंग भए। क्रस नेपाली झण्डासहितको कालो टोपीमा सजिएकी सन्नीलाई हेर्नेहरुको घुइँचो थियो । कालो ‘गेटअप’मा आएकी सन्नीलाई स्वागत गर्नेहरुले विमानस्थलमै खादा सहित भादगाउँले टोपी लगाइदिएका थिए। विमानस्थलको गेटमै केही बेर सन्नीसँग तस्बिर खिच्नेहरुको भीड नै लागेको थियो।
सन्नी विमानस्थलबाट हायात होटेलमा पुगेर बसेकी छन्। कुमारी होटलमा प्रिमियरमा सहभागी भएपछि केही स्थान घुमेर उनी शनिबार भारत फर्किने कार्यक्रम छ।
प्रतिक्रिया