गफुरले शाहरुखको कम्पनीले नेटफ्लिक्स इन्डियाको लागि बनाएको सिरिजप्रति टिप्पणी गरेका हुन्।
उनले शाहरुख खाान बलिउड रोगबाट ग्रस्त भएको बताएका छन्। यससँगै गफुर र शाहरुख खानका समर्थकबीच ट्वीटरमा आरोप प्रत्यारोप जारी छ।
शाहरुखको कम्पनीले नेटफ्लिक्सका लागि बनाएको सिरिज ‘बार्ड आफ ब्लड’ आगामी सेप्टेम्बर २७ तारिखबाट रिजिल हुँदैछ।
यस सिरिज जासुस, बदला, प्रेम तथा कर्तव्यको रोमान्चक कहानी भएको शाहरुखले ट्वीटरबाट ट्रेलर सार्वजनिक गर्दै बताएका थिए।
— Shah Rukh Khan (@iamsrk) August 22, 2019The trailer of our first @netflix series #BardOfBlood is here. A thrilling tale of espionage, vengeance, love and duty. Hope u enjoy it...@NetflixIndia @RedChilliesEnt @emraanhashmi @_GauravVerma @BilalS158 @ribhudasgupta pic.twitter.com/aftLjq3BA1
यस सिरिज तीन भारतीय जासुसको कहानी भएको बताइएको छ। उनीहरु कसैलाई बचाउन पाकिस्तानको बुलचिस्तान प्रान्त पुग्छन्। जसलाई सुसाइड मिसन अर्थात् आत्मघाती अभियानको रुपमा चित्रित गरिएको छ।
पाकिस्तानी प्रान्तलाई खतरनाक स्थानको संज्ञा दिएपछि पाकिस्तानी सेनाका प्रवक्ता रुष्ट बनेका हुन्।
उनले ट्वीटमा शाहरुखलाई सत्यतालाई पछ्याउन आग्रह गरेका छन्। उनले सोही क्रममा शाहरुख बलिउड रोगबाट ग्रसित भएको बताएका छन्।
उनले भनेका छन्,‘बलिउड रोगबाट ग्रसित रहिरहनु शाहरुख। वास्तविकता थाहा पाउनको लागि रअका जासुस कुलभुषण जाधव, विंग कमाण्डर अभिनन्दन र २७ फेब्रुअरीको स्थिती हेर। यसको साटो बरु जम्मु कस्मिरमा शान्ति र मानवताको बारेमा बोल्न सक्थ्यौं, नाजी र हिन्दु श्रेष्ठताविरुद्धमा बोल्न सक्थ्यौं।’
— Asif Ghafoor (@peaceforchange) August 23, 2019Stay in bollywood syndrome @iamsrk . For reality see RAW Spy Kulbhushan Jadev, Wing Comd Abhinandan & state of 27 Feb 2019.
You could rather promote peace & humanity by speaking against atrocities in IOJ&K and against Hindituva of Nazism obsessed RSS. https://t.co/0FWqoRQsO6

प्रतिक्रिया