हाल कोरोनाबाट भारत विश्वमै सबैभन्दा बढी प्रभावित छ। यहाँ दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित बढ्दै जाँदा दैनिक २ हजारभन्दा बढीको कोरोनाकै कारण ज्यान गइरहेको छ।
यसरी भारतमा मानिसहरु रोगले मरिरहेका बेला केही बलिउड कलाकार भने गैरजिम्मेवारपूर्ण तवरमा विदेश भ्रमणमा रहेको फोटो पोस्ट गर्दै बसेपछि नवाजुद्दिनले आक्रोश पोख्दै भनेका छन्,‘लाज लाग्नु पर्ने हो। यिनिहरुले माल्दिभ्सलाई तमाशा बनाएर राखेका छन्।’
‘यी मनोरन्जन क्षेत्रका कलाकारहरु विश्व खराब अवस्थामा गुज्रिरहेका बेला बिदा मनाएको भन्दै सामाजिक सन्जालमा तस्बिर राखिरहेका छन्’ उनले भनेका छन्,‘मानिसहरुसँग खाना छैन तर तपाइँहरु पैसा उडाइरहनुभएको छ। लाज लाग्नु पर्ने हो।’
छुट्टी मनाएता पनि मानवताको लागि विदा मनाइरहेको र रमाइलो गरिरहेको फोटो पोस्ट नगर्न उनको सुझाव छ। बलिउडकर्मीहरु यस्तो दुःखको अवस्थामा जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
त्यस्ता कार्यले पीडित मानिसहरुलाई झनै पीडा पुग्ने उनको भनाइ छ। हाल रणवीर कपुर, आलिया भट्ट, माधुरी दिक्षित, जानभी कपुर, सारा अलि खान, टाइगर श्रोफ, दिशा पटानी माल्दिभ्स भ्रमणमा छन्।
नवाजुद्दिनले उनीहरुलाई नै लक्षित गरेर बलिउडकर्मी जिम्मेवार हुनुपर्ने बताएका हुन्। डीएनए इन्डिया

प्रतिक्रिया