पछिल्लो समय चलचित्रको पर्दामा नदेखिएता पनि उनी विभिन्न नृत्यसँग सम्बन्धित कार्यक्रममा आवद्ध छिन्।
कार्यक्रमसँगै विज्ञापन र सामाजिक संजालमा व्यस्त भएकाले उनको चर्चा अझै उस्तै छ। उता नोरा फतेही भारतमा अहिलेकी चर्चित र धेरै माग भएकी मोडेल तथा नृत्यकार हुन्।
हालै माधुरी र नोरा एकै मञ्चमा देखिएका छन्। माधुरी भारतीय टीभी कार्यक्रम ‘डान्स दिवाने ३’को निर्णायकको भूमिकामा छिन् भने सो कार्यक्रममा नोरा अतिथिका रुपमा पुगेकी छिन्।
सो क्रममा उनीहरुले सँगै सामाजिक संजालको लागि भिडिओहरु बनाएका छन्।
नोरा र माधुरीले एकअर्काको गीतमा सँगै मिलेर नाचेको भिडिओहरु सार्वजनिक गरेका हुन्।
माधुरीले आफूले अभिनय गरेको गीत ‘मेरा पिया घर आया’ भन्ने गीतमा नाचेको भिडिओ इन्स्टामा पोस्ट गरेकी छिन् भने नोराले आफ्नो इन्स्टामा माधुरीसँग ‘दिलबर दिलबर’ भन्ने गीतमा नाचेको भिडिओ पोस्ट गरेकी छिन्।

प्रतिक्रिया