राजनीति


पछिल्लो २४ घण्टामा ६ सय ३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ६ सय ३ जनामा कोरोना पुष्टि

नेपालखबर
बैशाख १, २०७८ बुधबार ११:५६,

पछिल्लो २४ घण्टामा ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० जनामा र ४ सय ५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौं जिल्लामा १ सय ७३ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १ सय २९ जना संक्रमण मुक्त भएका छन्। योसँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad