कला


गायिका सरिता भारतीले अनाथ बालबालिकासँग मनाइन् जन्मदिन

गायिका सरिता भारतीले अनाथ बालबालिकासँग मनाइन् जन्मदिन

नेपालखबर
चैत २९, २०७७ आइतबार १५:२१,

गायिका सरिता भारतीले काठमाडौंको मुलपानीमा रहेको स्नेह आश्रममा आश्रित बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन्।

उनले आइतबार हाँस्य अभिनेता सुलेमान शँकर (इकु)ले सञ्चालन गरेको स्नेह आश्रममा आफ्नो जन्म दिन मनाएकी हुन्। मुलपानीमा रहेको इकुको बाल आश्रम, गोकर्णमा रहेको संयुक्त अपांङ्ग केन्द्रका बालबालिकासँग मनाएकी छिन्। यी दुवै आश्रममा रहेका बालबालिकालाई खाना खुवाएर उनीहरुसँग गीत गाउँदै नाच्दै रमाइलो गरेर गायिका सरिताले आफ्नो जन्म दिन मनाएकी हुन्।

गायिका सरिताले बिगत चार वर्षदेखि काठमाडौंको किर्तिपुर स्थित मायाघर, एचआईभी संक्रमित बालबालिका आश्रमका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी थिइन्। आइतबार भने उनले स्नेह आश्रमका १४ जना बालबालिका र संयुक्त अपांङ्ग केन्द्रका ४५ जना बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन्।
त्यहाँ रहेका बालबालिकाहरुले पनि गायिका सरितासँग विभिन्न गीतहरु प्रस्तुत गरेर रमाईलो गरे।

sarita-bharati1.JPG

कोरोना संक्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेको बेला गायिका सारिताले एक दिन खाना खुवाएर आर्थिक सहयोग गर्दा आफूलाई केही राहत भएको हाँस्य अभिनेता शुलेमान शँकर (इकु)ले बताए। यस्तै संयुक्त अपांङ्ग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले पनि सरितालाई जन्मदिनको बधाई ज्ञापन गर्दै बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे। यसैगरी अरुलाई पनि आफ्नो जन्मदिन त्यहाँका बालबालिकासँग मनाउन उनले अनुरोध गरे।

जन्म दिनको पार्टीमा हुने अनावस्यक फजुल खर्च काटेर आफूले हरेक वर्ष यसरी नै अनाथ बालबालिकाहरुसँग जन्मदिन मनाउने गरेको गायिका सरिता भारतीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .