ad ad

कला


‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को ४६ विधामा मनोनयन सार्वजनिक

‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को ४६ विधामा मनोनयन सार्वजनिक

नेपालखबर
चैत २९, २०७७ आइतबार ११:३७,

कोरोनाको कारण अघिल्लो वर्ष स्थगित भएको ‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ को तयारी पुरा भएको आयाेजकले जनाएकाे छ। सो अवार्ड आगामी ८ वैशाखमा काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिने भएको छ।

सो अवार्डका लागि सन् २०१९ जनवरीदेखि सन् २०२१ फेब्रुअरीसम्म रिलिज भएका गीतहरुलाई यो अवार्डमा समावेश गरिएको छ। स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो अवार्ड राष्ट्रिय, अधुनिक, पप, लोकपप, भाषाभाषी, लोकदोहोरी, पर्व, भेग विशेष लगायतका विधामा प्रदान गरिने भएको छ।

यो अवार्ड उत्कृष्ट गीत, गीतकार, गायक, गायिका, संगीतकार, भिडिओ निर्देशक, छायांकार, सम्पादक, कोरियोग्राफर, कस्ट्युम डिजाईनरलगायत विविध विधामा अवार्ड प्रदान गरिने भएको छ। नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७’ मा संगीततर्फ विभिन्न ४६ विधामा अवार्ड प्रदान गरिने भएको छ।

यस्तै फेशन, मोडल, इभेन्ट, फेसन डिजाईनर, ब्युटिसिन लगायतका विविध विधामा फरक अवार्ड रहेको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले जानकारी गराएका छन्।

अवार्डको मनोनयनमा परेकाहरुलाई ३० चैत सोमबार बिहान ११ः३० बजे काठमाडौंको नयाँ बानेश्वरस्थित होटल रानी महलमा मनोनयन प्रमाणपत्र प्रदान गरिने पनि कार्यक्रम निर्देशक पोखरेलले जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .