कला


रङ दल्ने बहानामा अभिनेत्री सोफियाको स्कर्टभित्र हात हालिएपछि...

रङ दल्ने बहानामा अभिनेत्री सोफियाको स्कर्टभित्र हात हालिएपछि...

नेपालखबर
चैत १७, २०७७ मंगलबार ७:५,

यसबीचमा बेलायती गायिका, मोडल तथा अभिनेत्री सोफिया हायातले होली पर्वमा महिलामाथि हुनसक्ने हिंसाको विषयमा आफ्नो अनुभव साटेकी छिन्।

सोफियाले भारतीय चलचित्रमा पनि काम गरेकी छिन्। उनी भारतीय चर्चित टिभी कार्यक्रम बिगबोसमा सन् २०१३ मा सहभागी भएकी थिइन्।

उनका अनुसार भारतमा हुँदा होली खेल्ने क्रममा रङ दल्ने बहानमा एक पुरुषले उनको स्कर्ट भित्र हात हालेका थिए।

बलिउडसँग सम्बन्धित वेबसाइट स्पटबोयसँग सोफियाले भनेकी छिन्,‘म होलीको पार्टीमा थिए। त्यहाँ धेरै सेलिब्रिटी उपस्थित थिए। कयौं मानिसले मसँग तस्बिर खिचाइरहेका थिए। होली भएकाले मैले भांगसहितको पानीपुरी खाएको थिए। मेरो शरीर अनियन्त्रित भइरहेको थियो। एक व्यक्तिले रङ दल्ने बहानामा मेरो स्कर्ट भित्र हात हालेका थिए। त्यसपछि मैले प्रतिकार गरेर उनलाई थप्पड हाने।’

सोफियाका अनुसार उनलाई एक मिडियाकर्मीले सो स्थानबाट जोगाएका थिए।

‘त्यसपछि संचारमाध्यमसँग आवद्ध एक व्यक्ति मलाई जोगउन आएका थिए, उनी मेरा साथी हुन्। उनले मलाई गाडीसम्म लगेर छाडेका थिए। उनले पार्टीमा मानिसहरु पागल भएको र घर जानु नै उत्तम भएको बताएका थिए’ उनी भन्छिन्।

होलीमा आफूलाई भएजस्तै यौनहिंसा अरुलाई नहोस् भनेर आफूले आफ्नो अनुभव सुनाएको उनको भनाइ छ।

होली खेल्दा महिलाहरु निकै सचेत हुनुपर्ने उनको सुझाव छ। जीन्युज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad