ad ad

कला


चितवनको सौराहामा वैशाख १५ गते दृष्टिविहीनहरुको गायन प्रतियोगिता हुने

चितवनको सौराहामा वैशाख १५ गते दृष्टिविहीनहरुको गायन प्रतियोगिता हुने

नेपालखबर
चैत १५, २०७७ आइतबार ६:४,

चितवनको सौराहामा दृष्टिविहीनहरुको गायन प्रतियोगिताको आयोजना हुने भएको छ।

एमआरडीएफ नेपाल (संगीत अनुसन्धान तथा विकास केन्द्र) र लव एवं सपोर्ट फाउन्डेसनको सहकार्यमा आगामी वैशाख १५ गते उक्त प्रतियोगिता हुनलागेकाे कार्यक्रम संयोजक राजु लामाले बताए।

देशभर यस्ता धेरै प्रतियोगिताहरु आयोजना भइरहेको अवस्थामा शारीरिक, भौतिक र कमजोर आर्थिक पक्षका कारण आफूभित्र रहेको प्रतिभालाई समेत बाहिर ल्याउन नसकेकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता हुनलागेको उनले बताए।

यो विशेष दृष्टिविहीनहरुकै लागि मात्र आयोजना गरिएको गायन प्रतियोगिता भएको उनको भनाइ छ।

प्रतियोगिहरुलाई १ लाख बराबरको बीमासहित उनीहरुको शैक्षिक अध्ययनका लागि समेत प्याकेजको घोषणा गरिएको छ।

देशभरबाट लिइएको पहिलो अडिसनमार्फत १२ जना प्रतियोगिहरु फाइनल राउण्डमा प्रवेश गरेको र उनीहरुमध्येबाटै उत्कृष्ठ तीन जनालाई क्रमशः एक लाख, ५० हजार र २५ हजार पुरस्कार राशि प्रदान गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .