कारोबार


महिला लघुवित्तको सुरुवाती कारोबार मूल्य सीमा प्रतिकित्ता ३१३ देखि ९३९ रुपैयाँसम्म

महिला लघुवित्तको सुरुवाती कारोबार मूल्य सीमा प्रतिकित्ता ३१३ देखि ९३९ रुपैयाँसम्म

नेपालखबर
चैत २, २०७७ सोमबार ११:४७,

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले महिला लघुवित्तको १० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकरण गरेको छ।

नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि प्रतिकित्ता ३ सय १३ रुपैयाँ १६ पैसादेखि ९ सय ३९ रुपैयाँ ४८ पैसा तोकिदिएको हो।

नेप्से र कम्पनीबीच आज सूचीकरण सम्झौता भएको हो।

कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत ४ लाख कित्ता साधारण सेयर सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो। कम्पनीका संस्थापकहरुले लगानी गरेको ६ लाख कित्ता सेयर समेत गरी कम्पनीले जम्मा १० लाख कित्ता साधारण सेयर वितरण भएको थियो।

सम्झौताअनुसार भोलिदेखि सेयरबजारमा कारोबार हुनेछ।

महिला लघुवित्तको प्रधान कार्यालय बनेपा नगरपालिका १३ साँगा काभ्रेमा छ। सूचीकरणसँगै त्यसपछि दिनुपर्ने आरटीएस सेवा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तीसार काठमाडौंबाट हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad