ad ad

कला


फ्रेन्च ओस्कार अवार्डमा चर्चित अभिनेत्री मासियरोको नग्न विरोध प्रदर्शन!

फ्रेन्च ओस्कार अवार्डमा चर्चित अभिनेत्री मासियरोको नग्न विरोध प्रदर्शन!

नेपालखबर
फागुन २९, २०७७ शनिबार ८:२३,

सांस्कृतिक प्रदर्शनीस्थलहरू बन्द गरेको विरोधमा गत डिसेम्बरमा सयौँ अभिनेता, नाट्य निर्देशक, सङ्गीतकार, फिल्म प्राविधिक र आलोचकले प्यारिसमा विरोध प्रदर्शन गरिरहेका छन्।

सो क्रममा अभिनेत्री कोरिन मासियरोले सरकारको विरोधमा नग्न विरोध प्रदर्शन गरेको बीबीसीले जनाएको छ।

कोरोना महामारीका बेला सरकारले संस्कृतिलाई टेवा पुर्‍याउन थप सहयोग गर्नुपर्ने माग गर्दै उनले नग्न विरोध प्रदर्शन गरेकी हुन्।

फ्रान्समा तीन महिनाभन्दा बढी समयदेखि सिनेमा घरहरू बन्द रहेका छन्।

५७ वर्षीया नायिका कोरिन अवार्ड समारोहमा रगत लतपतिएको लुगाबाहिर गधाको मुखौटोयुक्त पहिरनसहित मञ्चमा पुगेकी थिइन्।

उनलाई खासमा बेस्ट कस्ट्यूम अर्थात् सबभन्दा राम्रो पोसाक शीर्षकमा दिइने पुरस्कार प्रदान गर्न निम्त्याइएको थियो।

उनी समारोहमा सहभागी हुन लगाएको बाहिरी पोसाकमा ‘संस्कृति छैन त भविष्य छैन’ भन्ने नारा लेखिएको थियो।

Corinne Masiero on the red carpet at the Cesars

तर मञ्चमा पुगेपछि मासियरोले सबै लुगाका तह फाल्दै उपस्थित पाहुनालाई स्तब्ध पारिदिएकी थिइन्।

फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सलाई प्रत्यक्ष सम्बोधन गर्दै उनको पिठिउँमा नारा लेखिएको थियो,‘हामीलाई कला फिर्ता देऊ जाँ।’

उनको समर्थन जनाउँदै उक्त अवार्डमा समावेश भएका कलाकारहरुले सिनेमा घरहरु खोल्नुपर्ने बताएका थिए।

‘हाम्रा छोराछोरी कपडाको पसल जान पाउने तर सिनेमा जान नपाउने?’ स्क्रिनप्ले पुरस्कार पाउने कलाकार स्टेफन डीमस्टियरले भनेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .