नेपाली लोकगीत संगीतको बजारमा दिनै जसो नयाँ नयाँ लोक दोहोरी गीतहरु आइरहेका छन्।
पछिल्लो समय कांठ क्षेत्रका गीतहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गीतहरुले अत्याधिक चर्चा कमाएका छन्। त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोकदोहोरी ‘सितल दिने कर्के नजर’ बजारमा आएको छ।
गीतको लोक लय शब्द सबिता ढुंगाना स्वयमको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन्। गीतको निर्माण मिलन फिल्म्सले गरेको हो।
निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाईंको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन्। भिडिओमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ।
डीएआर मुभिज एण्ड फिल्म्स प्रालिको आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ।
3
Shares

प्रतिक्रिया