ad ad

कला


नायक पल शाहविरुद्ध प्रहरीमा परेको उजुरी के भयो?

नायक पल शाहविरुद्ध प्रहरीमा परेको उजुरी के भयो?

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार २३:५९,

कुटपिटको आरोपमा नायक पल शाहविरुद्ध प्रहरीमा परेको उजुरीबारे भएको छलफलमा सहमति भएको छ।

सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयका अनुसार उजुरीकर्ता चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधान र नायक शाहबीच शुक्रबार भएको छलफल सहमतिमा टुंगिएको हो।

त्यस कार्यालयका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुवै पक्षले आआफ्ना गल्ती स्वीकार गर्दैे माफी मागेपछि विवाद अन्त्य भएको हो।

एउटा म्युजिक भिडिओ सुटिङका क्रममा धरान पुगेका अभिनेता पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूलाई हातपात गरेको भन्दै प्रधानले बिहीबार उजुरी दिएका थिए।

पललाई आफ्नो एक कार्यक्रममा आउन अनुरोध गर्दा नमानेपछि आफूले उसो भए फेसबुकमा प्रचार गरिएको पोस्ट हटाउँछु भन्दा आफूमाथि कुटपिट भएको प्रधानको आरोप थियो भने नायक पलले प्रधानले चाहिँ आफूलाई अपमान गरेको आरोप लगाएका थिए।

याे पनि :  नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .