अभिनेता पल शाहलाई कारबाही गर्न माग गर्दै सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ।
नायक शाहले झन्डै आफ्नो ज्यान लिएको भन्दै चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी हालेका हुन्।
निवेदनमा म्युजिक भिडिओ सुटिङका लागि धरान आएका अभिनेता पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूलाई कुटेको प्रधानले आरोप लगाएका छन्।
यही फागुन १३ गते राति धरानस्थित एक होटलमा खाना खाने क्रममा नायक पललाई आफूले एक कार्यक्रममा अतिथिका रूपमा निमन्त्रणा गरेको तर आउन नमानेपछि फेसबुकको पोस्ट हटाइदिन्छु भन्दा नायक पलको निर्देशनमा उनका सहयोगी जोशीले आक्रमण गरेको प्रधानले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ। उनले दुवै जनालाई विपक्षी बनाएका छन्।
‘कुटपिट गर्न थालेपछि वरपरका मानिसहरूले छुट्याइ ज्यान जोगादिएको’ उनको भनाइ छ।
यस विषयमा छलफल गर्न आज (शुक्रबार) दिउँसो प्रहरीले नायक पललाई बोलाएको बताइएको छ।
हेर्नुहोस्, उजुरी :
प्रतिक्रिया