बलिउड अभिनेता बरुण धवन पछिल्लो समय फिल्मभन्दा धेरै व्यक्तिगत जीवनका कारण चर्चामा छन्। उनी आफ्नी प्रेमिका नताशा दलाललाई लिएर धेरै कुरा त गर्दैनन् तर, धेरै पटक आफ्नो सम्बन्धबारे कवुल गरिसकेका छन्।
भारतीय मिडियालाई आधार मान्ने हो भने उनी आफ्नो सम्बन्धमा एक कदम अगाडि बढिसकेका छन्। अर्थात, उनीहरुबको इन्गेजमेन्ट भइसकेको छ।
हुन त बरुणले आफूले हाल बिहेबारे नसोचेको बताएका छन्। तर, देसी मार्टिनीको रिपोर्टलाई मान्ने हो भने उनीहरुबीच गत वर्ष नै यो सम्बनध बनिसकेको हो। रिपोर्टमा दुवैको परिवारका सदस्य र सीमित साथीहरुकाबीच इन्गेजमेन्ट भएको बताइएको छ।
साथै, इन्गेजमेन्टलाई दुवै परिवारले गोप्य राखेको समेत बताइएको छ। रिपोर्टका उनुसार उनीहरुको बिहेको तयारीसमेत भइसकेको छ। अर्को साल उनीहरु विवाह बन्धनमा बाँधिन सक्छन्। उनीहरु बच्चैदेखिका साथी हुन्।
Shares

प्रतिक्रिया