नायिका श्वेता खड्काले निर्माणाधीन माझी बस्तीबारे भ्रामक समाचार आइरहेको भन्दै स्पष्टीकरण दिएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमा ‘माझी बस्ती : यथार्थ र भ्रम’ शीर्षकमा लामो स्टाटस लेख्दै उनले ‘श्वेताश्री फाउन्डेसन’का नाममा पैसा उठाएर दुरुपयोग गरेको आरोप प्रमाणित भएका खण्डमा आफू जुत्ताको माला लगाउन पनि तयार रहेको बताएकी हुन्।
उनले लेखेकी छन्, ‘माझी टोलबाट हात झिकी भन्नेहरूलाई म एउटै सन्देश प्रवाह गर्न चाहन्छु– जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्तिष्कबाट हट्ने छैन। मेरो अतिम इच्छा म मर्दा मेरो लासको चिता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाइयोस् र मेरो अन्त्येष्टि त्यहीं गरियोस्।’
हेर्नुहोस्, उनको पूरा स्टाटस :
माझीबस्ती : यथार्थ र भ्रम अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया...
Posted by Shweta Khadka on Friday, February 12, 2021

प्रतिक्रिया