नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ‘लाहुरेको झोला’ गीतको भिडियो सार्वजनिक भएको छ।
परदेशमा गएको आफ्नो लाहुरे प्रेमीलाई आफनै गाउँमा भेटदाको अवस्थालाई गीतमा समेटिएको छ।
एजे अर्जुनको शब्द तथा जगत मगरको लय सिर्जना गीतमा रहेको छ। गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ।
सुरेश श्रेष्ठको छायाँकन, प्रकाश धमलाको सम्पादन तथा स्मृति तिम्ल्सिनाको निर्देशन तथा कोरियोग्राफी भिडियोमा देख्न सकिन्छ। ’लाहुरेको झोला ’गीतमा करिष्मा ढकाल र जगत मगरको अभिनय रहेको छ।

प्रतिक्रिया