साउन महिनामा ‘रिम झिम रिम झिम’ बोलको गीत बजारमा आएको छ। सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द, प्रकास गुरुङ तथा रिमा गुरुङ होडाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतले साउन महिनाको गुनगान गाएको छ।
गीतको म्युजिक भिडीयोमा सृष्टि खड्का र महेश खड्का फिचर्ड छन्।
गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन्। नवराज उप्रेदीले खिचेको गीतमा सुरेन बस्यालको कोरियोग्राफी, बिकास दाहालको सम्पादन र महि सिंहको मेकअप रहेको छ। गीतलाई भावसागरले बजारमा ल्याएको हो।
साउन १७, २०७६ शुक्रबार १३:३०
प्रतिक्रिया