बलिउड अभिनेता रणवीर कपुरले आलिया भट्टसँगको विवाहबारे फेरि एकपटक मुख खोलेका छन्।
बलिउडमा रचाइउको जोडीका रुपमा रहेका यी दुईको विवाहलाई लिएर पछिल्लो २ वर्षदेखि निकै चर्चा हुँदै आइरहेको छ।
दुवैजना लामो समयदेखि डेटमा रहेका छन्। कोरोनाका कारण विवाहको मिति सरेपनि उनीहरु दुवैजना सम्बन्धमै रहेका छन्।
दुवै जनालाई विवाहका लागि परिवारले समिेत स्वीकृति दिएका छन्।
हालै एक अन्तर्वार्तामा अभिनेता कपुरले कोरोनाको महामारी नआएको भए अहिलेसम्म आफूहरुको विवाह भइसक्ने बताएका छन्। उनले अब छिट्टै आफूहरु विावह गर्न लागेको जानकारी दिए। उनले विवाह कहिले गर्ने भन्ने मितिको टुंगो भने नलागेको बताए।
‘कोरोनाको महामारी नआएको भए अहिलेसम्म हामी विवा गरिसक्ने थियौँ’, अन्तर्वार्तामा कपुरले भनेका छन्, कोरोना जारी रहे पनि हाी छिट्टै विवाह गर्दैछौँ।’
उनले आलिया आफूभन्दा सफल भएको स्वीकार गर्दै उनले भनेका छन्, ‘म आलियाभन्दा कम सफल हुँ।’
गत वर्ष अउनीहरुको विवाह रणवीरका पिता ऋषि कपुरको निधनका कारण रोकिएको थियो।
Shares

प्रतिक्रिया