अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छन्। उनले धनगढीका विजयन्द्रसिंह रावतसँग सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा दोस्रो विवाह गरेकी हुन्।
कोरोना महामारीका कारण विवाहमा परिवारका सीमित सदस्य मात्र उपस्थित हुने नायिका खड्काले आइतबारै स्टाटस लेखेर जानकारी दिएकी थिइन्।
नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। तर रक्त क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो।
त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी हुन्।
सिन्दुर हाल्नुअघि उनले बिहानै नयाँ दुलाहासँगका तस्बिर सार्वजनिक गरेकी थिइन्। लगनगाँठो कस्नुअघि स्वेताले भावुक स्ट्याटस लेख्दै भनेकी थिइन्- पुरुषप्रधान समाजले स्वीकार नगर्ला कि?
नायिका श्वेताकाे पूरा भनाइ पढ्न यहाँ क्लिक गर्नुहाेस्।




प्रतिक्रिया