ad ad

कला


इलाममा चलचित्र घर बन्ने

इलाममा चलचित्र घर बन्ने

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार ८:२७,

इलामको सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्र घर निर्माण हुने भएको छ। प्रदेश सरकारको रु ११ करोड १० लाख ३९ हजार ८३८ लागतमा सिनेमा हल निर्माण हुन लागेको हो।

भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा दुई सिनेमा हल र फुड कोर्ट रहने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए।

बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्नेछ। भवनमा ४७ साना सवारी साधन र २०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ।

विसं २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले निर्माणको जिम्मा लिएको छ।

अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ। सोही ठाउँमा पार्किङस्थलसहितको चलचित्रघर बनाइने भएको हो।

स्थानीयवासीले इलाममा सिनेमा भवन बनाउन माग गरेपछि एकै ठाउँमा सिनेमा भवन र पार्किङस्थल बनाउन लागिएको हो। अहिले सिनेमा हलका लागि गौतम बुद्ध सभागृहको भवन भाडामा लिनुपर्ने बाध्यता छ। नगरले सोही भवन निर्माणका लागि एक वर्षअघि नै रु २३ करोडमा निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो।

प्रदेश १ सँग भने १७ रु करोडमा सम्झौता भएको थियो। अहिले नगरपालिकाले भवन निर्माणका लागि रु ११ करोडमा ठेक्का दिएको नगर प्रमुख बस्नेतले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .