बलिउड अभिनेत्री हुँदै हलिउड सेलिब्रेटी बनेकी प्रियंका चोपडा पछिल्लो दिन तस्बिरका कारण सामाजिक संजालमा भाइरल भइरहेकी छन्। उनले पोस्ट गरेका तस्बिरहरु एकपछि अर्को गर्दै चर्चाको विषय बन्दै आइरहेको छ।
इस्टाग्राममा निकै सक्रिय रहने प्रियंकाले हाल पति निक जोनशसँग फ्लोरिडामा छुट्टी मनाइरहेकी छन्। यसै क्रममा उनले पोस्ट गरेको एउटा तस्बिर भाइरल भएको छ।
उनको यस अन्तरंग तस्बिरमा उनका समर्थकले कमेन्टसमेत गरिरहेका छन्। एक समर्थक लेख्छन्, ‘बच्चा कहिले हुन्छ ?’
पछिल्लो पटक उनी चुरोट तानिरहेको एक तस्बिरमा ट्रोल हुन पुगेकी थिइन्।
प्रतिक्रिया