कला


छवि र शिल्पाको विवाह दर्ता गराउने वडा सचिवको रहस्यमय मृत्यु

छवि र शिल्पाको विवाह दर्ता गराउने वडा सचिवको रहस्यमय मृत्यु

नेपालखबर
साउन १४, २०७६ मंगलबार ११:२०,

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ।

पौडेलले फिल्म निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराएका थिए। केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएकी थिइन्।

स्रोतका अनुसार आफूविरुद्ध निवेदन परेपछि उनी केही दिनदेखि तनाबमा थिए। पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ या छैन भन्ने कुरा नबुझी विवाह दर्ता गराएर अख्तियारीको दुरुपयोग गरेको आरोप उनीमाथि थियो।

छवि र शिल्पाविरुद्ध प्रहरीले प्रकाउ पूर्जी जारी गरेको अवस्थामा वडा सचिवको मृत्युलाई रहस्यमयी ढंगले हेरिएको छ। वडा नम्बर ८ का वडा अध्यक्ष दिनेशकुमार डंगोल भने घटना कसरी घट्यो भन्ने आफूलाई कुनै जानकारी नभएको बताउँछन्।

पारिवारीक स्रोतका अनुसार आइतबार बिहान ३ बजे उनको निधन भएको थियो। उनको मंगलबार पशुपति आर्यघाटमा दाह–संस्कार गरिएको छ। तर, मृत्युको कारण भने हालसम्म खुलेको छैन।

५० वर्षीया पौडेल परिवारसहित लैनचौरमा बस्दै आएका थिए। उनका श्रीमती, १ छोरा र १ छोरी थिए। छोरा अष्ट्रेलियामा बस्दै आएका थिए भने छोरी पनि केही समयपछि उतै जाने तयारीमा थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad