भर्खर मात्रै गायन यात्रामा पाइला टेकेकी पाख्रीवास नगरपालिका ७ मुगा, धनकुटाकी सुमिना बराइलीले केही म्यूजिक गीत रेकर्ड गराई सकेकी छन्।
मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन्। अहिले त्यही स्वरको सदुपयोग गर्दै उनी एक पछि अर्को गीत रेकर्डिङमा लागेकी छिन्। पढाईसँगै गायनमा लागेकी उनी गायनलाई नै भविश्य बनाऊने सोच लिएर अगि बढेको बताऊछिन्।
पछिल्लो समयमा युवतीको यौनावस्था प्रवेशको अनुभब हुने उत्सुकता र चन्चलतालाई ऊजागर गर्दै ‘बलापन भाग्दै’ वोलको गीत सार्वजनिक गरिएको छ। धनकुटा खबरको युटुव च्यानलवाट उक्त गीत सार्वजनिक गरिएको हो।
गीतमा टिपिकल शब्द भएकोले शब्दअनुसार लय भर्ने प्रयास गरेको बताऊँदै संगितकार साजन राईले सम्पूर्ण टीमले नै गीतलाई न्याय दिने प्रयास गरेको बताएका छन्। वुद्विमान वराईलीको शब्द रहेको उक्त गीतमा चन्दु गोर्खालीले लय भर्ने काम गरेका छन्।
ओम प्रकाश निरौलाद्वारा निर्देशित उक्त गीतमा कलाकार मनु धमला, सुमिना वराईली र विराज ओलीको उत्कृष्ट अभिनय रहेको छ भने भिडयो अवधारणा विष्णु विक्रम निरौलाको रहेको छ। कलाकार मनु धमला पत्रकार ऋषी धमालाकी भतिजी हुन भने सुमिना स्वयं गायिका हुन्।
त्यस्तै युगराज खड्काले चित्रमा ऊतारेको उक्त गीतको नृत्यनिर्देशन अश्मिता श्रेष्ठले गरेकी छन्।

प्रतिक्रिया