राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ‘माथी है पर्यो’ गीत सार्वजनिक भएको छ।
हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो।
मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ। गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका छन्। आफ्नो मायालाई साकार बनाउनको लागी आफ्नो घरमा नै आउन गायिकाले आग्रह गरेकी छन्। गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्।
साउन १३, २०७६ सोमबार ०९:५२ | July 29, 2019

प्रतिक्रिया