ad ad

कला


ब्रिट्नी स्पियर्सले हारिन् मुद्दा, बुबाको संरक्षकत्व हटाउने प्रयास विफल

ब्रिट्नी स्पियर्सले हारिन् मुद्दा, बुबाको संरक्षकत्व हटाउने प्रयास विफल

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १५:१३,

अमेरिकी गायिका ब्रिट्नी स्पियर्सले आफ्नो सम्पत्तिमाथि बुबाको संरक्षकत्व हटाउन गरेको प्रयास विफल भएको छ। उनको सो निवेदनलाई अमेरिकी अदालतले खारेज गरिदिएको छ।

गएको १२ वर्षयता ब्रिट्नीको वैधानिक संरक्ष उनका बुबा जेमी स्पियर्स रहँदै आएका छन्। सन् २००७ मा ब्रिट्नीमा मानसिक समस्या देखिएपछि बुबालाई उनको संरक्षक बनाइएको थियो।

मानसिक रोगलगायत आफ्नो बारेमा आझैँ निर्णय लिन नसक्नेहरुका लागि संरक्षक तोक्ने व्यवस्था छ। गएको दशकमा ब्रिट्नीको व्यक्तिगत जीवन र सम्पत्तिमाथि पनि उनका वकिल र बुबाकै नियन्त्रण छ। उनलाई भेटघाटको तालिकादेखि चिकित्सकसँगको परामर्शमा पनि उनीहरुको नियन्त्रण छ।

तर, अहिले बुबासँग बोलीचाली नै बाराबारको स्थिति रहेको तथा बुबासँग उनी डराउन थालेको तर्क ब्रिट्नीका वकिलले गरेका थिए।

तर, उनले छोरीको हितकै लागि काम गरेको दाबी जेमीको वकिलको थियो। उनको भनाइमा जेमी छोरीको संरक्षक बन्दा ब्रिट्नी करोडौँ डलरका अनेकौँ मुद्दा लडिरहेकी थिइन्। तर, अहिले बुबाकै मार्गनिर्देशनमा उनको सम्पत्ति बढेर ६ करोड डलर पुगेको छ।

_108732728_817516f9-7c06-4022-b32c-d1f210f6e8f7.jpgबुबासँग ब्रिट्नी

ब्रिट्नीलाई बुबाको कैदबाट मुक्त गराउन भन्दै उनका समर्थकहरुले ‘फ्री ब्रिट्नी’ अभियान समेत चलाइरहेका छन्।

२००७ मा पति केभिन फेडरलाइनसँग सम्बन्धविच्छेदपछि ब्रिट्नीको व्यवहारमा समस्या देखिन थालेको थियो। उनले आफ्ना दुई सन्तानको अभिभावकत्व पनि गुमाइन्। उनले आफ्नो कपाल खौरिएको तथा पापाराजीको कारमा छाताले प्रहार गरेको घटनाका कारण पनि उनी समाचारमा छाइन्।

दुई छोरा छाड्न नमान्दा प्रहरीसँग धक्कामुक्कीपछि उनलाई मानसिक स्वास्थ्यको उपचार गरिएको थियो।

britney_466.jpg

यही बीचमा उनले तीन एल्बम रिलिज गर्नुका साथै द एक्स फ्याक्टर रियालिटी शोमा जजको भूमिका पनि देखिएकी थिइन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .