ad ad

कला


सत्य घटनामा आधारित भारतीय गीत ‘ओ रे पियारे’ मा नेपाली नायिका (भिडियो)

सत्य घटनामा आधारित भारतीय गीत ‘ओ रे पियारे’ मा नेपाली नायिका (भिडियो)

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १५:२१,

भारतीय रचनाकार दिपक ठाकुरको शब्द तथा स्वर रहेको ‘ओ रे पियारे’ बोलको गीत सार्वजनिक भएको छ।

कञ्चनजङ्घा सिने क्रीयसनको ब्यानरमा निर्माण भएको यस गीतलाई गत केहि महिना अघि भारतको माहाराष्टको औरंगाबादको रेलवेको पट्रीमा १६ जना भारतीय मजदुरको मृत्यु भएको घटनालाई निर्देशक पल्लवीले निकै उत्कृस्ट प्रस्तुति देखाएका छन्।

जस्मा नेपाली सिनेमा नगरीको चर्चित नायिका सुरबिना कार्की र भारतीय प्रख्यात कलाकार यजुवेन्द्र प्रताप सिंहलाई फिचर्ड गरिएको छ।

भारतको बिभिन्न स्थानमा छायांकन गरिएको यस गीतमा कथालाई पनि उत्तिकै सहज तरिकाले प्ले गरिएको छ। जयन्त पटनायकको संगीत रहेको यस गीतलाई निर्देशक पल्लवीले निर्देशन गरेका हुन्। यस म्युजिक भिडियोलाई जी म्युजिक कम्पनीको आफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

टिकम शर्माको निर्माणमा बनेको यस गीतलाई आशातित गीतको रुपमा लिइएको छ। यस अघि पनि निर्माता टिकुम शर्माले नेपाली नायिका रिस्ता बस्नेतलाई फिचर्ड गरेर ‘साथिया तेरे बिना...’ बोलको गीत सार्वजनिक गरेका थिए।

नेपाली कला र संस्कृती लगायत नेपाली कलाकारहरुलाई पनि बिशेष प्रथामिकतामा राख्ने निर्माता टिकम शर्माको आगामी दिनमा पनि थुप्रै भारतीय गीतहरु रहेको र त्यसमा पनि नेपाली कलाकार तथा प्राविधिकहरुलाई समेट्ने उनले बताए।

छायाँकार पुरुसोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस भिडियोलाई सम्पादक बिपिन मल्लले सम्पादन गरेका हुन्। यस भिडियोका छायाकार तथा सम्पादक नेपालको राष्ट्रीय अवार्डबाट अवार्डडेड प्राविधिकहरु हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .