कला


२५० किशोरकिशोरीद्वारा आफ्नो जीवनका भोगाइ कला सृजनामा व्यक्त गर्दै

२५० किशोरकिशोरीद्वारा आफ्नो जीवनका भोगाइ कला सृजनामा व्यक्त गर्दै

नेपालखबर
असोज २५, २०७७ आइतबार ७:४१,

अन्तराष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ।

किशोरकिशोरीहरुलाई आफ्ना समस्या र भावनालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागिता जनाएका छन्।

उनीहरुले शव्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजुबल आर्ट तयार पार्नेछन्।

आयोजकका अनुसार १८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, ‘हाम्रो विश्वव्यापी अभियानको अंगको रुपमा हामीले युवा जमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि यो कार्यक्रम आयोजना गरेका हौ।’

आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो।

यो वर्ष कोभिड १९ को महामारीका कारण प्लान इन्टरनेशनलले “कालो १०१” नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको जनाएको छ।

मकवानपुरकी एक सहभागी रोजिना अधिकारीले कोभिड–१९ को समयमा आर्ट इज पावरमा सहभागी भएर कलाको माध्यमबाट आफ्ना भावना व्यक्त गर्ने तरिका सिक्न पाउँदा खुशी लागेको बताइन्।

५ जना क्यानभास कलाकारसहित ११ जनाले किशोरकिशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाएका थिए।

सिन्धुलीका लागि भर्चुअल सेसन सञ्चालन गरेकी कलाकार शुभाङ्गी खड्काले भनिन्, ‘कथा लेखन र कथा वाचनको महत्वबारे केन्द्रित सो प्रशिक्षणमा सिकाइएको बिषयवस्तुबाट सहभागीलाई परिवार र समाजमा विद्यमान शक्ति संरचनाबारे सोच्न र लेख्न सहयोग पुगेको छ।’

किशोरकिशोरीले तयार पारेको कलाहरुलाई आगामी नोभेम्वर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिने जनाइएको छ।

आयोजकका अनुसार आर्ट इज पावर कार्यक्रम नेपालमा प्लान इन्टरनेशनलको गल्र्स गेट इक्वेल अभियान अन्तर्गत भएको हो, जसले समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ। यो अभियान नेपालमा मार्च ८, २०१९ मा शुभारम्भ भएपश्चात् लैंगिक समानताका लागि वातावरण निर्माण गर्न किशोरकिशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad