६१ वर्षीय दत्त दुई महिना अगाडि मुम्बईको अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
अमेरिकामा उपचार गर्न जाने भनिएपनि पछि उनको मुम्बईमा नै उपचार भएको थियो। हाल पनि उनको उपचार भइरहेको बताइएको छ।
पहिलो चरणको किमोथेरापी सकेपछि उनी हालै दुबाई भ्रमणका लागि परिवारसहित गएका थिए।
यतिबेला उनी भारत फर्किएका छन्। उनी भारत फर्कना साथ हालै उनको एक तस्बिर सार्वजनिक भएको छ।
View this post on InstagramA post shared by Cinema is SRK🤘😘 (Target=》10k) (@cinema_follower) on
जुन निकै भाइरल भइरहेको छ। तस्बिरमा सञ्जय दत्त निकै दुब्लो देखिएका छन्।
उपचारका कारण सञ्जय दत्त दुब्लो भएको बताइएको छ। तस्बिरहरु सेयर गर्दै उनका शुभचिन्तकले सन्जय दत्तलाई चाँडै स्वास्थ्य लाभ होस् भनिरहेका छन्। एजेन्सी

प्रतिक्रिया