कारोबार


साढे ३ अंकले घट्यो सेयरबजार, साढे २ अर्बको कारोबार

साढे ३ अंकले घट्यो सेयरबजार, साढे २ अर्बको कारोबार

नेपालखबर
असोज १९, २०७७ सोमबार १०:१३,

नेप्से सूचक आज ३.६३ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सेन्सिटिभ सूचक भने शून्य दशमलव ११ अंकले बढेको छ।

आजको कारोबार अवधिमा १ सय ९३ कम्पनीको सेयर किनबेच भएको छ। सोमबार २ अर्ब ५७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज ९५ लाख कित्ता सेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको हो।

सोमबार ३९ हजार ५ सय ८७ पटकको सेयर खरिदबिक्री भएको हो।

होटल, विकास बैंक, जलविद्युत्, अन्य र म्युचुअल फन्डको कारोबार सूचक बढे पनि बाँकी समूहको घटेको छ। आजको कारोबारमा कामना सेवा विकास बैंक र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढ्दा कम्पनीका सेयरधनीले क्रमशः २० र १७ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै नेपाल फाइनान्स, रिडी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि आज कमाएका छन्।

आज प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्त, एभरेष्ट बैंकलगायतका कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको १४ करोडको सेयर कारोबार भएको छ। त्यस्तै, अरुण कावेली पावर लिमिटेडको ११ करोडको, अरुण भ्याली हाइड्रोको १० करोडको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad