कला


सुशान्त मृत्यु प्रकरणमा नयाँ खुलासा, उनकै प्रेमिका रियाविरुद्ध हत्या मुद्दा चल्ने सम्भावना

सुशान्त मृत्यु प्रकरणमा नयाँ खुलासा, उनकै प्रेमिका रियाविरुद्ध हत्या मुद्दा चल्ने सम्भावना

नेपालखबर
असोज १७, २०७७ शनिबार १:५२,

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा नयाँ खुलासा भएको छ।

भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार सुशान्तकी प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्ती सुशान्तको मृत्यु हुनुभन्दा ठीक अघिल्लो रात सुशान्तकै घरमा रहेको खुलासा भएको हो।

यस्तो दाबी फिल्म निर्माता एवं करणी सेनाका नेता सुरजित सिंह राठौरले गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। राठौरले भनेका छन्, ‘सुशान्तको मृत्यु हुनु ठीक अघिल्लो रात अर्थात् जुन १३ तारिख रिया चक्रवर्ती सुशान्तकै घरमा थिइन्। तर त्यो रात झगडा परेपछि उनले घर छाडेकी थिइन्।’

न्युज च्यानल ‘रिपब्लिक भारत’को रिपोर्टअनुसार सुरजितलाई सोधिएको थियो कि यो कुरा घटनाको तीन महिनापछि किन खुलासा गरेको? यो कुरा पहिल्यै अनुसन्धान अधिकारीलाई किन नबताएको?

जवाफमा उनले अनुसन्धानकर्ता सीबीआईले आफूसँग सम्पर्क नगरेको बताएका छन्। तर आफूले यो कुरा पहिल्यै भनेको भए पनि सञ्चारमाध्यमले भुलेको उनले दाबी गरेका छन्।

भाजपाका नेता एवं अधिवक्ता विवेकानन्द गुप्ताले पनि एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रियाले सुशान्तको मृत्यु हुनु (जुन १३ तारिख) भन्दा ठीक एक दिनअघि सुशान्तलाई भेटेको दाबी गरेका छन्। त्यस रात २ बजेदेखि ३ बजेसम्म रियाले सुशान्तलाई भेटेको र त्यसपछि छाडेर हिँडेको उनको दाबी छ। तसर्थ रियाले जुन ८ तारिखकै दिन सुशान्तको घर छाडेको भन्नु पूरै झुटा कुरा भएकाे अधिवक्ता गुप्ताले दाबी गरेका छन्।

यस्ताे खुलासा भएपछि सीबीआईले अब आईपीसी धारा ३०२ अन्तर्गत हत्या मुद्दा पनि चलाउने विचार गरिरहेको दैनिक भास्करले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad