ad ad

कला


म ड्रग्स लिँदिन, न त पार्टीमा ड्रग्स हुन्छः करण जोहर

म ड्रग्स लिँदिन, न त पार्टीमा ड्रग्स हुन्छः करण जोहर

नेपालखबर
असोज १०, २०७७ शनिबार ७:२३,

सुशान्त सिंह राजपुतको आत्महत्यामा ड्रग्स कनेक्सन देखिएपछि हाल सुशान्तकी प्रेमिका रिया चक्रवर्ती हिरासतमा छिन्।

बलिउडका कयौं कलाकारहरुले ड्रग्स लिने गरेको खुलासा हुँदै गइरहेको समयमा हालसालै चर्चित अभिनेत्री दीपिका पादुकोण पनि ड्रग्स विवादमा परेकी छिन्।

दीपिकासँग ड्रग्सको विषयमा भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले शनिबार अनुसन्धान गर्ने बताइएको छ।

यसबीचमा भारतका चर्चित निर्देशक करण जोहरले आफूले कहिल्यै ड्रग्स प्रयोग नगरेको साथै पार्टीमा ड्रग्स नहुने बताएका छन्।

करण भन्छन्,‘भारतका संचार माध्यममा झुठो खबर सार्वजनिक गरिएको छ। गतवर्ष जुलाई २८ मा घरमा मैले दिएको पार्टीमा ड्रग्सको सेवन गरेको भन्ने विषय झुठो हो।’

उक्त पार्टीमा कसैले ड्रग्स सेवन नगरेको उनको भनाइ छ। उनी भन्छन्,‘म ड्रग्स सेवन गर्दिन र यस्ता पदार्थ सेवनको लागि बढावा पनि दिदिँन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .