ad ad

कला


उच्च अदालत मुम्बईले कार्यालय भत्काउन रोक लगाएपछि कंगनालाई राहत

उच्च अदालत मुम्बईले कार्यालय भत्काउन रोक लगाएपछि कंगनालाई राहत

नेपालखबर
भदौ २४, २०७७ बुधबार ९:५८,

मुम्बई उच्च अदालतले कंगना रनवतले अवैध रुपमा निर्माण गरिरहेको कार्यालय भत्काउन रोक लगाएको छ।

मुम्बइमा रहेको कंगनाको कार्यालयको भवन बृहन्मुम्बई नगर निगमले भत्काउन थालेपछि अदालतले बुधबार उक्त कार्यमाथि रोक लगाएको हो।

अभिनेत्रीले बीएमसीको कारबाहीलाई लिएर अदालतमा चुनौती दिएकी थिइन्। अभिनेत्री कंगना रनौत बुधबार शिवसेनाको धम्कीको बावजुद साढे दुई घण्टा मुम्बई पुग्ने कार्यक्रम छ। कंगनाले मोहालीबाट कडा सुरक्षाको बीच मुम्बईको लागि प्रस्थान गरेकी हुन्।

यसअघि बीएमसीले कंगनाले निर्माण गरेको कार्यालयको केही हिस्साअवैधानिक भएको भन्दै तोडफोड गर्ने कार्य गरेको थियो। बीएमसीले पहिला एउटा सूचना टाँसगरी उक्त, संरचना अवैधानिक भएको भन्दै भत्काउने चेतावनी दिएको थियो। त्यसको केही समयमै बीएमसीका अधिकारीहरू हथौँडा लिएर कंगनाको कार्यौलयभित्र पुगी तोडफोड गरेका थिए। कंगना मुम्बइ नपुग्ने बेलासम्म उनीहरुले तोडफोट गरिरहेका थिए।
हाल कंगना र महाराष्ट्रको सत्ताधारी पार्टी सिवसेनाबीच ठूलो विवाच चर्किएको छ।

कंगनाले सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा बोल्दै मुम्बईका प्रहरीलाई आफूले विश्वास नगर्ने र मुम्बई आफ्नो लागि घृणाको शहर भएको बताएकी थिइन्।

त्यसयता शिवसेना पार्टीका सांसदले कंगनाको आलोचना गरिरहेका छन्। हालै मुम्बइमा रहेको कंगनाको कार्यालय अवैध रुपमा निर्माण गरिएको त्यहाँको ब्रिहनमुम्बई नगर निगमले बताएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .