ad ad

राजनीति


सांसद विडारी भन्छन्ः विद्यमान ऐन भ्रष्टाचारको ५० प्रतिशत कारक (भिडियाे)

सांसद विडारी भन्छन्ः विद्यमान ऐन भ्रष्टाचारको ५० प्रतिशत कारक (भिडियाे)

नेपालखबर
भदौ २४, २०७७ बुधबार ९:५६,

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारयण विडारीले विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको बताएका छन्।

विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी हुने गरेको उनले बताए। नेपाल कानून समाजको प्रतिवेदन बुझ्दै सभापति विडारीले ऐनहरुको व्यापक दुरुपयोग हुँदा सरदर ५० प्रतिशत भ्रष्टाचार हुने गरेको बताए। भ्रष्टाचार गर्नलाई ऐनहरु एउटा खुड्किलो बन्ने गरेको उनको भनाई छ।

उनले भने, ‘प्रत्यायोजित व्यवस्थापन सम्बन्धमा भएका विकृति र सरकारले प्रत्यायोजित व्यवस्थापनलाई गर्ने गरेको दुरुपयोगलाई रोक्न प्रतिवेदनले ठूलो बल पु¥याउँछ। ऐन बनाउने संसद र संसदले बनाएको ऐन अन्तरगत अधिकार प्रत्यायोजन गरेको जस्तो गरी त्यो प्रत्यायोजित विधायन बनाउने अधिकार ऐनले दिएको हुन्छ। त्यसको ब्यापक दुरुपयोग भएको देखिन्छ। त्यसको दुरुपयोग भएका कारण नेपालमा सरदर ५० प्रतिशत भ्रष्टाचार हुन्छ।’

सरकारले ल्याएका हरेक विधेयकहरु जस्ताको त्यस्तै पारित गर्ने परिपाटीले संसदको औचित्य छ की छैन भन्ने प्रश्न पनि उठाउने गरेको उनले बताए।

सरकारले ल्याउने बजेट समेत परिवर्तन हुन्छ भन्ने मान्यता राख्नुपर्ने उल्ले गर्दै उनले बताए, ‘सरकारले बजेट ल्याउँछ। त्यो बजेट एक अक्षर पनि तलमाथि पर्‍यो भने सरकारले राजीनामा दिनुपर्छ भनेर पढाइन्छ। केही पनि परिवर्तन नहुने भए ३ महिना लाएर किन छलफल गराएको? त्यत्रो करोडौँ खर्च गराएर किन छलफल गराउनु? अर्थ विधेयक पनि परिवर्तन हुन्छ भन्ने मान्यता राख्नुपर्‍यो। संशोधन हुन्छ। त्यसो गरिएन भने विपक्षी अल्पमतमा भएका कारण उसको कुरा सुनिन्न। सत्तापक्ष बहुमतमा भएकाले जे ल्याउँछ त्यही गर्छ भनेपछि संसद किन चाहियो?’

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले संसदबाट विधायन सम्बन्धी १० प्रतिशत काम समेत हुन नसकेको बताए।

सांसद राधेश्याम अधिकारीले कानूनको स्थिरता नहुँदा निम्तिने अस्थिरताले नराम्रो परिणाम दिने बताए। गत आर्थिक वर्षमा सार्वजनिक खरिद ऐन ५ पटक संशोधन भएको स्मरण गर्दै उनले लाग्नै नसक्ने ऐन उल्लेख गरेर नियमावली, निर्देशिका र विनियमावली बन्ने गरेको बताए।

नेपाल कानूनी समाजले समितिलाई शिक्षा ऐन २०२८, विद्युत ऐन २०४९, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०५४, सहकारी ऐन २०७४, जनस्वास्थ्य सेवा ऐन २०७५ र वातावारण संरक्षण ऐन २०७६ को अध्ययन गरी प्रतिवेदन बुझाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .