कला


नेपाल आइडल सिजन ३ को विजेता बनिन् सज्जा चौलागाईं, फर्स्ट र सेकेन्ड रनरअप को–को?

नेपाल आइडल सिजन ३ को विजेता बनिन् सज्जा चौलागाईं, फर्स्ट र सेकेन्ड रनरअप को–को?

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १६:३४,

सज्जा चौलागाईं नेपाली सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ३ को विजेता बनेकी छिन्। सिजन ३ को विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ जितेकी छिन्।

सज्जाले नेपाल आइडल सिजन ३ को उपाधि कब्जा गर्दा किरणकुमार भुजेल सेकेन्ड रनर अप र प्रवीण वेडवाल फर्स्ट रनर अप भए। प्रवीणले पुरस्कारस्वरुप नगद १० लाख जितेका छन्। त्यस्तै किरणले नगद ५ लाख रुपैयाँ जित्न सफल भएका छन्।

विश्व महामारी कोरोनाको कारण दर्शक र प्रतिस्पर्धीविनै नेपाल आइडल सिजन ३ को विजेता घोषणा गरिएको हो। एपी१ टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडलको विजेता घोषणा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भिडियो सन्देशमार्फत गरेका हुन्।

विभिन्न माध्यमबाट प्राप्त भोट र जजहरुको मूल्यांकनको आधारमा नेपाल आइडल सिजन ३ को विजेता घोषणा गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

कोभिड १९ ले नेपाल आइडल निर्माण टोलीका १ सदस्यलाई पनि कोरोना पोजिटिभ देखिएपछि भिडियोमार्फत विजेता घोषणा गरिएको जानकारी दिइएको थियो।

सोही कारण प्रस्तुतिपछिका सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ। सोही कारण जजहरु समेत आइसोलेसनमा जानुपरेको टिभीमार्फत जानकारी गराइएको छ। पहिलो लकडाउनले शो नै स्थगित भए पनि जारी निषेधाज्ञाकै बीच बाँकी एपिसोडहरु सपन्न भएको हो।

यसअघिका पहिलो र दोस्रो सिजनमा क्रमशः बुद्ध लामा र रवि वड नेपाल आइडल बनेका थिए। नेपाल आइडलका निर्णायकमा गायिका इन्दिरा जोशी र गायक तथा संगीतकारद्वय न्हुँ वज्राचार्य र कालीप्रसाद बाँस्कोटा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad