रक्तिम सांस्कृतिक अभियानले तीज गीत ‘लौ उठ नारी’ सार्वजनिक गरेको छ।
रक्तिमको काठमाडौं जिल्ला समितिले आइतबार गीत सार्वजनिक गरेको हो।
मेस्मा पुनको स्वरमा सजिएको गीतको शब्द सिर्जना, संगीत तथा एरेन्ज हेमराज आश्रमले गरेका छन्। रक्तिमका कलाकारहरुको जोशीले नृत्य रहेको गीतको छायाकंन मधुर बस्नेत तथा सम्पादन मेक बहादुर थापाले गरेका हुन्।
गीतको कोरियोग्राफरमा सुप्रभा थापा र विष्णु शर्मा रहेका छन्। गीतको रेकर्डिङ मुर्चुङ स्टुडियोमा गरिएको हो।
गीतमा राष्ट्रियतासँगै महिला हरुको अवस्था झल्किएको छ।
प्रतिक्रिया