बलिउड अभिनेत्री कट्रिना कैफले बिहेका लागि आफूले अहिलेसम्म केटा नै नभेटेको बताएकी छन्।
मंगलबार आफ्नो ३६ औँ जन्मदिन मनाएकी कैटरिनाले आफू प्रेममा पनि नरहेको र बिहेका लागि पनि कुनै तयारी नगरेको बताएकी छन्। पत्रकारको बिहेसम्बन्धी प्रश्नमा कट्रिनाले भनिन्, ‘मैले त बिहेका लागि अहिलेसम्म केटा नै भेटेकी छैन।’
यदि कसैले आफूलाई वास्तविक प्रेम गरे आफू बलिउड छाड्न र आमा बनेर घरमा बस्न तयार रहेको समेत उनले बताइन्।
केही समयअघि कट्रिनाको अभिनेता रणवीर कपुरसँग प्रेम सम्बन्धविच्छेद भएको थियो।
3
Shares

प्रतिक्रिया