नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच संस्थागत साझेदारी स्थापना गर्ने सहमति भएको छ। दुई संस्थाबीच समुदाय–प्रहरी साझेदारीअन्तर्गत अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन, अनुसन्धान, स्रोत व्यक्ति र स्वयंसेवकहरुको परिचालन, सुरक्षा सचेतना अभिवृद्धिलगायतका कुरामा साझेदारी गर्ने सहमति भएको हो।
यसका लागि समझदारी पत्रमा हस्ताक्षर नै भएको छ। पत्रमा त्रिभुवन विश्वविद्यालयका उप(कुलपति प्राडा तीर्थराज खनियाँ र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन्।

सहमतिपछि क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यावहारिक अभ्यास, इ–लाइब्रेरी, सुरक्षित विश्वविद्यालयको अवधारणालगायतका विषयहरूमा संस्थागत साझेदारी र सहकार्य हुने बताइएको छ।
3
Shares

प्रतिक्रिया