अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि लगाएको दुव्र्यवहारको आरोप मनगढन्ते र निराधार रहेको भुवन केसीले बताएका छन।
अभिनेता तथा निर्माता भुवन केसीले बिहीबार नेपाल चलचित्र कलाकार संघलाई आफ्नो चरित्र हत्या हुने किसिमका आरोप लगाएकाले छानविन गरिपाउँ भनि निवेदन लेखेका छन।
निवेदनमा भुवनले लेखेका छन, ‘सामाजिक सन्जालमा अभिनेत्री साम्राज्ञीले मविरुद्ध विभिन्न आक्षेप आरोपहरु लगाइ मनगढन्ते र निराधार चरित्र हत्या हुने किसिमका कुराहरु व्यक्त गरेको देखिएकाले सो सम्बन्धमा आवश्यक छानविन गर्नका लागि यो निवेदन पेश गरेको छु।’
साम्राज्ञीले केहीदिन अघि एक भिडियो सार्वजनिक गर्दै भुवन केसीले आफूमाथि दुव्र्यवहार गरेको बताएकी थिइन। त्यसको जवाफमा भुवनमा बिहीबार कलाकारसंघलाई निवेदन लेखी छानविनको माग गरेका हुन।
‘सामाज्ञीलाई मेरो चलचित्रको मुख्य भुमिकामा काम गराएको छु,’ भुवनले निवेदनमा लेखेका छन, ‘आजभन्दा ५–६ वर्षअघि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुव्र्यवहार गरेको छैन। त्यो कुरा त्यतिबेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि हुन्छ।’


प्रतिक्रिया