राजनीति


चीनले घरेलु मामिलामा हस्तक्षेप नगर्न बताइरहँदा अमेरिकामा हङकङ सम्बन्धी ऐन पारित

चीनले घरेलु मामिलामा हस्तक्षेप नगर्न बताइरहँदा अमेरिकामा हङकङ सम्बन्धी ऐन पारित

नेपालखबर
असार १८, २०७७ बिहिबार ११:४३,

अमेरिकाको प्रतिनिधि सभाले हङकङ स्वायत्तता ऐनलाई पारित गरेको हो। यस ऐनमा अमेरिकी कम्पनीले चिनियाँ कम्पनीसँग बैंकिङ कारोबार गरे कारवाही गरिने उल्लेख गरिएको छ।

यस्तै हङकङको स्वतन्त्रता खोस्न मद्दत पुर्याउने मानिसहरुसँग पनि अमेरिकी व्यापारीले कुनै किसिमको कारोबार गर्न नमिल्ने बताइएको छ।

प्रतिनिधिसभाकी प्रमुख न्यान्सी पेलोसीले चीनले हङकङको लागि बनाएको सुरक्षा कानुनको विरुद्धमा हङकङ सम्बन्धी ऐन ल्याउनु परेको बताएकी छिन्।

यसअघि अमेरिकाले हङकङ चीनबाट स्वतन्त्र हुन नसकेको भन्दै आफूले प्रदान गर्दै आएको विशेष दर्जा समाप्त गरिदिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad