नेपाल र अमेरिकासहित संसारभरका मानिसहरु नयाँ स्वास्थ्य संकट कोभिड–१९ को चपेटामा परेका बेला काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार साँझ भर्चुअल कन्सर्ट गर्न लागेको छ।
सो सांगितिक कार्यक्रममा अमेरिकन आइडलका उपविजेता नेपाली युवा अर्थर गन (दिवेश पोखरेल) सहित नेपालका चर्चित सेलिब्रिटीहरु समृद्धी राई, सूप्न सुमन र तृष्णा गुरुङको प्रस्तुति रहेको छ।
सो कार्यक्रम नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, सार्वजनिक स्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फेसन डिजाइनर पर्बल गुरुङको विशेष मन्तव्यबाट साँझ ६ बजे सुरु हुने अमेरिकी दूतावासले जनाएको छ।
दूतावासका साँस्कृतिक मामिला अधिकृत कार्ल रोजरले संकटका बेला संगितले थप बल दिनुका साथै दुई मुलुकवासीबीच अझ आत्मीयता बढाउने हुँदा सो कार्यक्रम गरिएको बताएका छन्।
भिडियो:

प्रतिक्रिया