ad ad

कला


पोखरामा हेरिटेज अफ फेसन सो हुँदै

पोखरामा हेरिटेज अफ फेसन सो हुँदै

वाशुदेव मिश्र
असार २६, २०७६ बिहिबार १४:५०,

आउँदो साउनको १८ गते पोखरामा हेरिटेज अफ फेसन नेपाल नाम दिइएको फेसन सो हुने भएको छ।

एएसएपी इण्टरटेन्टमेण्ट आयोजक रहेको यो फेसन सोमा नेपालको सांस्कृतिक सम्पदा तथा पहिरन झल्काउने पहिरनकासाथ मोडलहरु -याम्पमा उत्रनेछन्। उनीहरुले नेपालका जातजातिले लगाउँदै आएका मौलिक पोशाकहरु प्रर्दशन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिए।

उनका अनुसार डिजाइनर देविना भट्टराईको ‘बुद्ध वाज बर्न इन नेपाल’ जानकी कडायतको ‘निर्माण कन्ट्रक्सन अफ हेरिटेज’, तेजु मगरको नेपाल सौन्दर्य र सुपी रसाइलीको दरबार गरी ४ सिक्वेन्समा फेसन सो आयोजना हुँदैछ।

२१ जना युवती र ६ जना मोडलले थिममा आधारित डिजाइन पहिरनसहित क्याटवाक गर्नेछन्। पोखराको होटल ग्राण्डमा आयोजना हुने यो फेसन सोमा सो स्टपरको रुपमा मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार, कर्पोरेट क्विन २०१९ विजेता सितल थापा, गायिका मिलन नेवार र प्राप्ति तुलाचनले पनि आफ्नो प्रस्तुति दिनेछन्।

यसैगरी बुद्ध वाज बर्न इन नेपाल अभियान संचालन गरेका धिरज राईको विशेष प्रस्तुति पनि फेसन सोमा रहनेछ। यही थिममा चालु अंग्रेजी वर्षको सेप्टेम्बरमा अष्टे«लियामा पनि फेसन सो गरिने प्रबन्ध निर्देशक अधिकारीले बताए। अधिकारी घर नामक फिल्मका निर्मातासमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .