यासुदा ब्रान्डका विभिन्न सामानहरु खरिद गर्ने ग्राहक लक्की ड्रबाट बिजेता बनेका छन्।
नयाँ वर्षको योजना अन्तर्गत चैत्र १५ देखि जेठ १५ सम्म यासुदा ब्रान्डका सामानहरु किन्ने ग्राहकहरु मध्ये ३ जनालाई लक्की ड्र मार्फत बिजेता बनाइएको हो। नेपालमा यासुदाको ब्रान्डका सामानको अधिकृत ब्रिकेता त्रिवेणी ब्यापार कम्पनीले बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सबै बिजेतालाई पुरस्कार वितरण गरेको छ।
यासुदाका टिभी फ्रिज वासिंग मेसिन लगायतका सामान खरिद गर्ने देश भरिका ग्राहक मध्ये ३ जनालाई गत असार १७ गते बिजेता घोषणा गरिएको थियो।
लक्की ड्र मार्फत सुर्खेतबाट सामान खरिद गर्ने कृष्णबहादुर बुद्धले प्रथम पुरस्कारको रुपमा सिङ्गापुर भ्रमण गर्ने टिकट पाएका छन् भने दोश्रो बिजेता दाङको तुल्सीपुरमा सामान किन्ने ललित ओलीले यासुदको ६५ इन्चको फोर के टिभी हात पारेकी छन्।यस्तै तेस्रो बिजेता पोखरामा सामान किन्ने ताहासिं थापाले यासुदाको एअरकन्डिसन जितेका छन्।
नेपालमा यासुदाको ब्रान्डका सामानहरु त्रिवेणी ब्यापार कम्पनीले आधिकृत बिक्रेताको रुपमा बिक्रीबितरण गर्दै आएको छ।
Shares

प्रतिक्रिया