चौधरी ग्रुपअन्तर्गतको सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी कान्स फिल्म फेस्टिभलमा सहभागी भएका छन्।
फ्रान्समा जारी उक्त फिल्म फेस्टिभलमा एड्ससम्बन्धी अनुसन्धानमूलक संस्था एएमएफएआरका लागि रकम संकलन गर्ने कार्यक्रम पनि राखिएको थियो।
उक्त कार्यक्रममा सहभागी भएपछि चौधरीले सामाजिक सञ्जाल एक्समार्फत् आफ्नो अनुभव साझा गरेका छन्। उनले विश्वका नेतृत्वकर्ताहरू तथा चर्चित व्यक्तित्वहरूसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताएका छन्।
चौधरीले बाल्यकालदेखि आफूलाई मनपर्ने अमेरिकी कमेडी-ड्रामा टेलिभिजन सिरिजदेखि बेलायती टेलिभिजन ड्रामा सिरिजका प्रख्यात व्यक्तिहरूसँग भेट्न पाउँदा खुसी लागेको चौधरीले उल्लेख गरेका छन्।
फेस्टिभलमा अभिनेता एन्टोनी बोयल, इभा लङगोरिया, जिना डेभिस तथा रोबी वीलीएम्सलगायतका अन्तर्राष्ट्रिय कलाकार तथा व्यक्तित्वसँग भेट भएको भन्दै चौधरीले तस्बिर सेयर गरेका हुन्।
संसार सकारात्मक दिशातर्फ अघि बढिरहेको देख्दा खुसी महसुस भएको चौधरीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।


Shares

प्रतिक्रिया