मोडल प्रशंशा रायमाझी फिल्म ‘चिरञ्जीवी भवः’ मा अनुबन्धित भएकी छिन्। उनले दीपकप्रसाद आचार्यको निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममार्फत डेब्यु गर्न लागेकी हुन्।
निर्देशक आचार्यले मुख्य अभिनेत्रीका रूपमा प्रशंशालाई अनुबन्ध गरिएको जानकारी दिए।
थुप्रै म्युजिक भिडिओमा मोडलिङ गरिसकेकी प्रशंशाको प्रकाश दुतराजको गीत ‘मनमाया’ हो। जुन गीत यतिखेर टिकटकदेखि सामाजिक सञ्जालमा चर्चामा छ।
नयाँ वर्षको अवसर पारेर ‘चिरञ्जीवी भवः’ को घोषणा गरिएको हो। कुमार कट्टेलको कथामा बन्ने फिल्मको लेखकमा सविन अधिकारी र वसन्त न्यौपाने छन्। अन्य कलाकारहरू तय हुन बाँकी रहेको निर्माणटिमले जनाएको छ।
दीपक प्रसाद आचार्यको डेब्यु निर्देशनमा बनेको फिल्म ‘परान’ गतवर्षको सर्वाधिक हिट फिल्म हो।
156
Shares

प्रतिक्रिया