आजबाट सिनेमा हलमा रिलिज भएको फिल्म ‘राम नाम सत्य’ को सिक्वेल बन्ने भएको छ। फिल्मको अन्त्यमा सिक्वेलबारे घोषणा गरिएको हो।
डेब्यु अभिनेता आयुष सिंह ठकुरीसँगै ‘राम नाम सत्य’ पार्ट-२ लेखिएको छ। जसकारण सिक्वेलमा आयुषको मुख्य भूमिका हुनसक्ने अनुमान लगाउन सकिन्छ।
‘राम नाम सत्य’ ले पहिलो दिनका लागि १४० भन्दा बढी शो पाएको छ। यतिखेर फिल्मका मुख्य अभिनेता विराजसहित अन्य कलाकार हल पुगिरहेका छन्। यद्यपि, फिल्मको व्यापार भने ‘माउथ पब्लिसिटी’ले निर्धारण गर्नेछ।
एक्सन जनरामा बनेको ‘राम नाम सत्य’ माइकल चन्द्रको लेखन र निर्देशनमा बनेको हो। फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्।
Shares

प्रतिक्रिया