‘भक्तपुर फिल्म महोत्सव’ सकिएको छ। सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’ देखाउँदै महोत्सवको समापन गरिएको हो। चैत ६ गतेदेखि सुरु भएको महोत्सवमा २४ फिल्महरु प्रदर्शन गरिएको थियो।
भक्तपुरस्थि नेपाल भोकेस्नल एकेडेमीमा आयोजित यो कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशी निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मीको उपस्थित थिए।
महोत्सवको ओपनिङमा नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' देखाउँदै सुरु भएको थियो। महोत्सवलाई भक्तपुरका युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेको हो ।
महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्मदेखि डकुमेन्ट्री देखाइएका थिए ।
यो महोत्सवका निर्देशक भने किरण किलम्बु हुन्।
Shares

प्रतिक्रिया