नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ।
आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत केन्द्रीय बैंकले सो रकम संकलन गर्न लागेको हो।
यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ भने सावाँब्याज भुक्तानी २२ गते हुनेछ।
क, ख र ग वर्गका बैंक तथा वित्रीय संस्था यसमा सहभागी हुन पाउनेछन्। उनीहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन पाउनेछन्।
उक्त रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ।

39
Shares

प्रतिक्रिया