‘मालती मंगले’ गायक रामकृष्ण ढकालको डेब्यु लगानी बनेको फिल्म हो। जुन आगामी वैशाख २५ गतेबाट रिलिज हुँदै छ।
‘मालती मंगले’ नाम नौलो होइन। यसै नामबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटक प्रकाशित छ। जसकारण यस फिल्मलाई घिमिरेकै नाटकमा आधारित भन्दै प्रश्नहरु उठिरहेको छ।
यसैबीच, नाम सुन्दा धेरैलाई यो राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकमा आधारित भन्ने लागे पनि वास्तवमा फरक कथामा बनेको प्रस्ट पारे।
‘यो चलचित्र राष्ट्रकविको नाटकमा आधारित होइन। हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो यो। कथा मात्र नभएर साङ्गीतिक प्रेमकथा पनि भन्न सकिन्छ यसलाई। जुन आजभन्दा २०/२५ वर्षअघिको कथा हो’, उनले भने।
प्रकु पाण्डेयको निर्देशन र कथा रहेको फिल्ममा पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ लगायतको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया